तपाईँ सुन्दै हुनुहुन्छः

बिपीको कोभिड–१९ अस्पतालमा ३ सङ्क्रमितको मृत्यु

सुनसरी । सुनसरीको धरानस्थित बिपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा धरानका ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।


प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार धरान–११ का ७५ वर्षीय वृद्ध पुरुषको हिजो दिउसो १०ः५ बजे मृत्यु भएको हो । उनलाई असार ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने असार ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 


यसै गरी हिजो दिउसो २ः१५ बजे धरान–१३ का ४३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उन असार १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 


आज बिहान ४ बजेर ५ मिनेटमा धरान ५ का ७९ वर्षीय वृद्ध पुरुषको पनि बिपीको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई असार १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी ३ जना पहिले देखि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button