तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप ८९ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

file photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


२ सय १३ जनामा गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको संंख्या १० हजार ७ सय ६२ जना पुगेको छ ।


यस्तै पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ६३ जना र संस्थागत आइसोलेसनबाट १८ जना गरी ८१ जना सङ्क्रमणमुक्त भएका हुन् । यसंसगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ हजार ५ सय ४६ पुगेको कार्यालयले जनाएको छ । 


स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लाभर १ हजार ७२ जना रहेका छन् । जसमा ९५ जना संस्थागत आइसोलेसनमा र ९ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । 


जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय २४ पुगेको कार्यालयले जनाएको छ ।


आइत वारदेखि जिल्लामा सबै सरकारी कार्यालयको सेवा खुल्ने

कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित गरिएका मकवानपुरका सबै सरकारी कार्यालयले आइतबारबाट सेवा सुचारु गर्ने भएका छन् । 


जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर आइतबारबाट सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।


एक हजारभन्दा धेरै कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरूलाई परिपत्र दिइएको उहाँले बताउनुभयो । 


प्रदेशस्तरीय कार्यालयहरूलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न र बढी भिडभाड हुने जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button