तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठान कोभिड अस्पतालमा दुई जना सङ्क्रमितको मृत्यु

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान–८ की १ जना महिला सहित दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान साढे ७ बजे धरान–८ की ६० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

उनलाई जेठ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन बिपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

यसै गरी गए राति १२ बजे मोरङको केराबारी–७ का ७२ वर्षीय वृद्ध पुरुषको पनि उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई असार ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button