तपाईँ सुन्दै हुनुहुन्छः

आज देशभरि २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

File Photo

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार ४ सय ७४ जना संक्रमित भएका छन् । 

७ हजार २ सय  ३५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ७७ जना तथा ४ हजार ९ सय ९७ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ९७ जना गरी जम्मा २ हजार ४ सय ७४ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ७० हजार ९ सय ५८ जना निको भएका छन् । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९० दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

देशभरि आज कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ९ सय  १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button