तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका पाँच स्थानीय तहले ल्याएनन् नीति तथा कार्यक्रम

सल्यान । सल्यानका पाँच स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएनन् । असार १० गतेभित्र आगामी आर्थिक वर्ष भित्र नीति तथा कार्यक्रम पेश गरी सक्नु पर्ने प्रावधान भए पनि पाँच स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याउन नसकेका हुन । 

बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी गाउँपालिका, कपुरकोट गाउँपालिका, कुमाख गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।  

बनगाड कुपिण्डे नगरपालिकाले कहिले नीति तथा कार्यक्रम ल्याउने भनेर अझै तय गर्न सकेको छैन । विषयगत समितिको छलफल चलि रहेको र अन्य तयारी नपुगेकाले कहिले सार्वजनिक गर्ने भनेर मिति तोक्न नसकिएको उपमेयर मञ्जु यरीले बताइन । 

कुमाख गाउँपालिकाले  १५ देखि २० को बीचमा ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य कार्यक्रमको भुक्तानी दिनु पर्ने, तथा तयारी नपुग्दा ढिला भएको उपाध्यक्ष डिल्लीराज जैसीले बताए । 

जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, सिद्ध कुमाख र दार्मा गाउँपालिकाले मात्र नीति तथा कार्यक्रम ल्याएका छन् । कालीमाटी र दार्मा गाउँपालिकाले बजेट नै प्रस्तुत गरी सकेका छन् । कालीमाटी गाउँपालिकाले ५२ करोड, दार्मा गाउँपालिकाले ३९ करोड र सिद्ध कुमाख गाउँपालिकाले ३२ करोडको बजेट ल्याएका छन् । सबै जसो पालिकाले कोभिड १९ रोकथाम, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button