ट्रक र ट्रिपर एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते
बीरगंज । बीरगंज पथलैया व्यापारिक मार्ग अन्तर्गत पर्साको जगरनाथपुरस्थित सडक खण्डमा ट्रक र ट्रिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको यूपि ५२ टि ७५५० नं.को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नं.को ट्रिपर गए राति एक आपसमा ठोकिदाँ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर निवासी ६५ वर्षीय बैद्यनाथ राउत कुमीलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बिच बाटोमा नै मृत्यु भएको र मृतकको शव अहिले पोस्टमार्टमको लागी नारायणी अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा परी भारतीय ट्रक चालक, भारत, गोपालगञ्ज मुसहरी बस्ने ३५ वर्षीय आजाद अन्सारी, सह–चालक ४० वर्षीय नुरुल बस्सर, ट्रिपर चालक मकवानपुरका ३७ वर्षीय बिपिन प्रसाद गडतौला र सहचालक २४ वर्षीय अजय लामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार नारायणी अस्पताल बीरगंजमा भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्