तपाईँ सुन्दै हुनुहुन्छः

सडकमै धान रोपाइँ

लहान। सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरूले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटक पटक जनप्रतिनिधिहरूलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरूले बुधवार साँझ साङ्केतिक विरोध स्वरूप सडकमै धान रोपाइँ गरेका हुन् ।

नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडा अध्यक्ष राजु श्रेष्ठलाई जीर्ण सडक मर्मतका लागि पटक पटक आग्रह गरे पनि बेवास्ता गर्दै आएकाले सडकमै धानको बीउ रोपेर विरोध जनाएको स्थानीय युवा रामकुमार महतोले जानकारी दिनुभयो । करिब ४०० मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button