बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु
नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत साहिलेक ४ बैतडीका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५२ जना र बाँकेका ३१० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्