तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु

रोल्पा । रोल्पामा माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी अन्य तीन जना घाइते भएका छन् । 


प्रहरीका अनुसार रोल्पा नगरपालिका वडा नम्बर ९ ह्वामाका ४० वर्षीय टीकासिंह बुढामगरको घर पुरिँदा टीकासिंहकी आमा ८६ वर्षीया कर्मिता बुढा, बुहारी १८ वर्षीया सुशीला बुढा र छोरी १५ वर्षीया श्यामकला बुढाको मृत्यु भएको हो । 


पहिरोमा परी टीकासिंह बुढा, पत्नी सुनमाया बुढा र ९ वर्षीय छोरा शक्तिमान बुढा घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button