सल्यानमा जोर बिजोर प्रणालीमा निजी सवारी चल्न पाउने

सल्यान । सल्यानमा शुक्रवारदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले छैटौँ पटक निषेधाज्ञा थप गर्दै निजी सवारी साधन भने जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।
निजी हलुका सवारी साधन र मोटरसाइकल जोर बारका दिन जोर नम्बर र बिजोर बारका दिन बिजोर नम्बर जिल्लाभर अधिकतम ४ जना राखेर सञ्चालन गर्न पाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले जानकारी दिइन । सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न नपाइने उनको भनाई छ । यस्तै होटेल, रेस्टुरेन्ट, खाजा नास्ता, पसल, सैलुन, ब्युटी पार्लर बाहेकका अन्य पसल व्यावसाय स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय समेत गरेको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिडिएमसी) को बैठकले छैटौँ पटक निषेधाज्ञा जारी गरेको छ । असार ११ गते बिहान १ बजेदेखि असार २० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्