तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित औषधी सहित पक्राउ

सुनसरी । सुनसरीको  धरान ११ सयपत्री चौक स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ  पर्नेमा सोही स्थानका २३ वर्षीय मुकेश कार्की रहेका छन् ।

उनलाई प्रतिबन्धित औषधी Opotab–2000 Tablet, Spasmo–1230 Tablet / Spasmo (फोक्सिबोन) 250क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

खाने तेलको जर्किनमा लागूऔषध

मोरङको विराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खाने तेलको जर्किनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button