तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका कोभिड अस्पतालहरूमा ८८ प्रतिशत शय्या खाली

नेपालगन्ज ।बाँकेका कोभिड डेडिकेटेड अस्पतालहरूमा ८८ प्रतिशत शय्या खाली भएका छन् । कोभिड उपचारका लागि जिल्लाका चार वटा अस्पतालमा छुट्टाइएका ३ सय ६१ शय्यामध्ये ३ सय २ शय्या खाली भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

एक डेढ महिना अघिसम्म कोभिड सङ्क्रमितले बाँकेका अस्पतालहरू भरिभराउ थिए । अक्सिजन र बेड नपाएरै बिरामीले ज्यान गुमाउनुपरेको थियो । तर, अस्पतालमा अहिले ४४ जना मात्र बिरामी छन् । ती मध्ये बाँकेका ९ जना र बाहिरी जिल्लाका ३५ जना छन् । २५ वैशाखपछि संक्रमित बिरामीको सङ्ख्या क्रमशः घट्न थालेको हो ।

२ सय शय्या छुट्टाइएको भेरी अस्पतालमा अहिले ३७ जना बिरामी छन् । ती मध्ये १३ जना सिकिस्त छन् । यस्तै १ सय ३० शय्या छुट्टाइएको मेडिकल कलेजमा ५ जना बिरामीको उपचार भइरहेको छ । ती मध्ये ४ जना सिकिस्त छन् । त्यस्तै, शल्यक्रिया गर्नुपर्ने अवस्थाका सङ्क्रमितका लागि १६ शय्या छुट्टाइएको वेष्टर्न हस्पिटलमा दुई जना मात्र बिरामी छन् । यस्तै युनाइटेडका १५ शय्या मध्ये सबै खाली छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button