तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा अन्तिम घुमन्ते जाति मध्येको एक राउटे समुदाय सल्यानमा स्थानान्तरण

सल्यान। जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय झन्डै दश वर्ष पछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्ष पछि पुनः सल्यान फर्किएका हुन ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मङ्गलवार कालीमाटी गाउँपालिका ५ काल्चे डाँडामा बस्ती स्थानान्तरण गरेका हुन । नेपालमा अन्तिम घुमन्ते जाति मध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलहरुमा बसोबास गर्दै आइरहेका छन् ।
लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् ।

कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँ बस्तीका मानिसहरूसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन् । जङ्गलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँ बस्ती नजिक बस्न थालेका छन् । जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको सिकार बन्दै गएका छन् ।

राउटेहरु विशेष गरी आफैले बनाएका काठका भाँडाकुँडा प्रयोग गर्ने गर्दछन् । उनीहरूको बिहेवारी लगायतका सबै सामाजिक व्यवहार आफ्नै समुदाय भित्र नै हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button