प्रतिनिधिसभा विघटनको रिटमाथि आजदेखि निरन्तर सुनुवाई
काठमाडौं । प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाई हुँदैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको हो । प्रतिनीधिसभा विघटनका पक्ष र विपक्षमा परेका तीसवटा रिट परेपनि सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिटउपर सुरुवाई हुनेछ ।
यसअघि जेठ २३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित वरिष्ठताका आधारमा गठित दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरी रिटमा विपक्षी बनाइएका सरकारपक्षलाई जवाफ पेश गर्न समय दिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रति विद्यादेवी भण्डारी र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्वमा आफ्नो जवाफ बुझाइसक्नुभएको छ ।
सुनुवाईकालागि संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले सुरुमा १२ घण्टा र पछि जवाफी बहसका लागि ३ घण्टा गरी १५ घण्टा बहस गर्न पाउनेछन् भने विपक्षीलाई पनि त्यती नै समय दिइएको छ । बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्