तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा कोरोना सङ्क्रमितबाट एकको मृत्यु

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्साको आइसोलेसनमा १० दिनदेखि उपचार गराइ रहेका बारेकोट ५ घाटका ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य शाखा बारेकोटका प्रमुख बीरराज सिंहले बताउनु भएको छ । 

बारेकोटमा १ जना, नलगाड नगरपालिकामा ३ जना, भेरी नगरपालिकामा ५ जना गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । जिल्लामा १ सय २ जना कोरोना संक्रमित छन् । शिवालय गाउँपालिका र कुशे गाउँपालिकामा कोरोना दर शून्य रहेको छ । भेरीमा ४० जना, नलगाडमा ३१ जना, छेडामा ११ जना, जुनीचाँदेमा २ जना र बारेकोटमा १८ जना बिरामी रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख टीकाराम जैसीले बताउनु भयो । 

१ हजार ५ सय ७५ जनाले कोरोना जितेर निको भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button