तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका सरकारी कार्यालयहरू आजदेखि खुले

नेपालगञ्ज ।  बाँकेका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् । कार्यालयमा भिडभाड नहुने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह व्यवस्थित गर्ने गरी सरकारी कार्यालयहरू खुलेका हुन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै वैशाख ९ गतेदेखि नेपालगन्जका र वैशाख १३ गतेदेखि जिल्लाका सबै सरकारी कार्यालय बन्द थिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएपछि करिब दुई महिनादेखि बन्द रहेका सरकारी कार्यालयहरू आजदेखि खुलेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालयहरू खुलेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button