कञ्चनपुर प्रशासनमा बार अनुसारको सेवा

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि आफ्नो सेवा पुनः सुचारु गरेको छ । कोभिड–१९ का कारण वैशाख १६ गते देखि कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द भए पछि सेवाग्राहीलाई आज (असार ८ गते)बाट स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी सातामा ६ दिन सेवा दिन लागिएको हो ।
प्रशासनले बार अनुसार हरेक दिन निश्चित सेवाग्राहीलाई सेवा दिन लागिएको प्रशासकीय अधिकृत पदमराज भट्टले बताउनु भयो । आइतबार,सोमवार भीमदत्त,बेदकोटर पुनर्वास नगरपालिका, मङ्गलवार ,बुधवार , कृष्णपुर,शुक्लफाटा र बेलौरी नगरपालिका र बिहीबार, शुक्रवार दोधाराचांदनी नगरपालिका,वेलडाडी र लालझाडी गाउँपालिका सेवाग्राहीलाई सेवा दिनेगरी प्रशासन कार्यालय खुल्ला गरिएको भट्टले जानकारी दिनुभयो ।
सेवा लिन चाहने सेवाग्राहीले आफ्नो बार अनुसार नागरिकता सम्बन्धी सेवाका लागि बिहान १० देखि १० : ३० बजेसम्म टोकन लिई सक्नु पर्ने छ । बन्दाबन्दीको अवधिमा एक दिनमा नयाँ नागरिकता ३० जनासम्म र प्रतिलिपि २० जनासम्मलाई दिइने प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्