कपुरकोट नाकाबाट भित्रिने १२ हजार बढीको स्क्रिनिङ
सल्यान। कपुरकोट गाउँपालिका सल्यानले सञ्चालन गरेको हेल्थ डेस्कमा हालसम्म १२ हजार ४ सय ५८ जनाको स्क्रिनिङ गरिएको छ । कर्णाली प्रदेश प्रवेश नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा वैशाख २२ गतेदेखि असार ६ गतेसम्म १२ हजार ४ सय ५८ जनाको स्क्रिनिङ गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।
कपुरकोट नाका भएर सल्यान लगायत विभिन्न जिल्ला भित्रिने १० हजार ७ सय ६६ पुरुष र १ हजार ६ सय ९२ महिलाको स्क्रिनिङ गरिएको कपुरकोट गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिए । उनका अनुसार ६ सय ३४ जना भारत लगायत तेस्रो मुलुकबाट फर्किएकाहरू रहेका छन् ।
हेल्थ डेस्कमा कपरकोट नाका भएर भित्रिने व्यक्तिहरूमा कोरोना भाइरससँग मिल्ने लक्षण भए नभएको स्क्रिनिङ गरिनुका साथै नाका भएर भित्रिने नागरिकहरूको रेकर्ड राख्ने, तापक्रम नाप्ने, स्वास्थ्य सतर्कताका लागि आवश्यक परामर्श लगायतका कार्य गरिने सेनको भनाई छ








प्रतिक्रिया राख्नुहोस्