पर्सामा ५० लाखको लागतमा विद्यालय भवन तथा शौचालय निर्माण

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा ५० लाखको लागतमा विद्यालय भवन तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियन सरकारको अष्ट्रेलियन गैर सरकारी संस्था सहकार्य कार्यक्रमको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तर्गत रु. ४९लाख ५७ हजार ३ सय ६६ को लागतमा विद्यालय भवन र शौचालय निर्माण कार्य सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालय भवन तथा शौचालय भवन पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।पर्सा गाउँपालिका वडा नं. ५ मा रहेको पब्लिक माध्यमिक विद्यालयमा रु.१३ लाख १३ हजार ९ सय ९७ रुपैयाँको लागतमा बाल, लैङ्गिक तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन र वडा नं. १ मा रहेको प्राथमिक विद्यालय सितलपुरमा रु. ३६ लाख ४३ हजार ३ सय ६९ को लागतमा २ कोठे आर.सी.सी. विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी सम्बन्धित विद्यालयमा भवन हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले जनाएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा पर्सा गाउँपालिकाको अध्यक्ष किशुनदेव राय, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंङ्ग, वडा अध्यक्ष सुरेन्द्र यादव, शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, पब्लिक मा.वि.का प्र.अ. राजकिशोर राय, सितलपुर प्रा.वि.का प्र.अ. शुशिल कुमार यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम चन्द्र रायको उपस्थिति रहेको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो ।सिकाइ परियोजना विगत ३ वर्ष देखि सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा समावेशी शिक्षा, वाल संरक्षण तथा अपाङ्गताको क्षेत्रमा विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको संरक्षण संयोजक शाहले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्