तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम पारित

file photo

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवौँ नगर सभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।  


कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार सभाको पहिलो बैठकमा सो  नीति–तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  नेपाली काँग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गर्नुभएको थियो । 


उपमेयरसहितका काँग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उहाँहरूबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button