तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक सहायता २ खर्ब २ अर्ब २८ करोड बराबर

काठमाडौँ । चालु आर्थिक वर्ष २०७७÷७८ को वैशाख मसान्तसम्म वैदेशिक सहायता बढेर २ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबर पुगेको छ ।

 
नेपालले यस वर्ष पाएको कुल वैदेशिक सहायता प्रतिबद्धता गत वर्षको तुलनामा ३५.३ प्रतिशतले बढी हो ।  गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको थियो नेपालले हालसम्म विकास साझेदारबाट पाएको वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय प्रतिबद्धताको अंश १४.३ प्रतिशत र बहुपक्षीय प्रतिबद्धताको अंश ८५.७ प्रतिशत रहेको छ ।


कुल वैदेशिक सहायता प्रतिबद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, ऊर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायताको रुपमा ११.७ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।


गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालले पाउने वैदेशिक सहायता प्रतिबद्धता रकम बढे पनि वास्तविक वैदेशिक सहायता रकम भने घटेको देखिएको छ । 


अर्थ मन्त्रालयका अनुसार प्रतिबद्धताको तुलनामा वैदेशिक सहायता प्राप्ति भने निकै कम हो । गत वैशाख मसान्तसम्ममा नेपालले १४ अर्ब ३३ करोड रुपैयाँ बराबर अनुदान र ६७ अर्ब १० करोड रुपैयाँ ऋण गरी ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button