कञ्चनपुरमा बाढीका कारण दर्जनै घर डुबान
कञ्चनपुर।महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोलाको निकास बन्द भएपछि महाकालीको बाढी गाउँ पसेको छ ।
ऐरीघाटका २० घरभित्र २ फिट पानी जमेपछि त्यहाँका बाढीपीडितहरू अर्काको घरमा शरण मागिरहेका छन् भने कतिपय बाढीपीडित त्रिपाल मुनि बस्न बाध्य छन् ।घर भित्र बाढी पस्यो खाद्यान्न तथा लत्ताकपडा सबै बगाएर लग्यो, बालबच्चादेखि सपरिवार हिजोदेखि भोकै रहेको पीडितहरूले बताएका छन् ।
जोगबुडा नदी थुनिदा दोधारा चाँदनी नगरपालिका वडा नम्बर–१० कुतियाकबर र शान्ति टोल क्षेत्रका दर्जनौँ घर डुबानमा परेका छन् ।
महाकालीमा आएको बाढीले जोगबुडा नदी थुनिदा कुतियाकबर क्षेत्रमा डुबान भएको हो । डुबानमा परेका घर परिवारलाई सशस्त्र प्रहरीको टोलीले गए राति नै उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।
महाकाली नदीमा अहिले पानीको बहाव २ लाख १८ हजार क्युसेक मापन गरिएको छ । बाढीबाट बढी प्रभावित भीमदत्त र दोधारा चाँदनीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्