अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी। छुट्टाछुट्टै दुई ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडक खण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोस्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिनुभयो । पहिरोले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि सडक अवरुद्ध भएको थियो ।
अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिरोको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोति बमले जानकारी दिनुभयो । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करिब दुई घण्टापछि खुलेको थियो ।रासस








प्रतिक्रिया राख्नुहोस्