तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले भत्कायो कारागार पर्खाल

मान्म। लगातारको वर्षाका कारणले जिल्ला कारागार कालिकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णोद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो ।

कारागारको पर्खाल भत्किँदा कैदी बन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिनुभयो । “कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ”, उहाँले भन्नुभयो, “पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन् । कैदी बन्दी पनि जोखिममा परेका छन् ।”

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदी बन्दी रहेको छन् । २०३२ सालमा बनेको कारागार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एक जना कैदी भागेका थिए ।

कालिकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्किँदा १३७ जना विस्थापित भएका छन् ।

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताउनुभयो । उहाँले नरहरिनाथ–९ लालुको शीतल पानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button