तपाईँ सुन्दै हुनुहुन्छः

लगातारको वर्षाले एक पक्की घर भत्कियो

डोटी। लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुई तले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमिन भासिएपछि घर भत्किएको हो ।

घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उहाँले जानकारी दिनुभयो । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन् । जिल्लामा अहिले पनि वर्षात भइरहेको छ । वर्षाका कारण यहाँका विभिन्न ठाउँमा पहिरा आउँदा सडकसमेत अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button