तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची नपा १ का जनप्रतिनिधिले राहत कोषमा रकम जम्मा गर्ने

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढी पीडित राहत तथा पुनर्स्थापना काेषमा जम्मा गर्ने निर्णय गरेका छन् । आज बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्ण प्रसाद चाैलागाईले जानकारी दिनुभयो ।

कोषमा वडाध्यक्ष कृष्ण प्रसाद चाैलागाईले २६ हजार ७३० रूपैयाँ जम्मा गर्नुहुनेछ । कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० रूपैयाँ, वडा सदस्यसरू भिमसेन खतिवडा, खम्बा सिं तामाङ्ग र शान्ती नेपालीले प्रतिव्यक्ति ९ हजार ९ सय रूपैयाँ कोषमा जम्मा गर्नुहुनेछ ।

असार १ गते राति मेलम्ची खाेला र इन्द्रावती खोलामा आएको अकल्पनीय भीषण बाढीले मेलम्ची नगरपालिकाकाे वडा नं ६, ७, ८, ९, १० र ११ मा ठुलो धनजनको क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button