तपाईँ सुन्दै हुनुहुन्छः

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

सिन्धुपाल्चोक ।गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मेलम्ची नगरपालिका ७ दुवाचौर चिहानडाँडाकि २३ बर्षिय अनिता तामाङको आज दिउँसो उद्धार गरिएको हो । जेठ १४ डाक्टरले मिति दिइएकोमा आजसम्म सुत्केरी नभएको र अवस्था गम्भिर भएकाले आज हेलिकप्टर मार्फत उपचारका लागि लगिएको वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको समन्वय र हामी नेपाली नामक संस्थाको सहयोगमा कैलाश एयर मार्फत उनको उद्धार गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button