तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा फेरि पहिरोले सडक अवरुद्ध

पर्वत । पर्वतमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर फेरि पहिरोले अवरुद्ध भएको छ । दुई दिन अगाडीसम्म ४ दिन बन्द भएर खुलाइएको सडक गएराती भीषण वर्षा भएपछि फेरि पहिरोले रोकिएको हो । पोखरा– बागलुङ खण्ड अन्तरगत पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा ठूलो पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  

पहिरो पन्छाउनै २ घण्टा लाग्ने प्रहरीले जनाएको छ । उता बेनी– मालढुंगा सडक खण्डमा कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिकाको केराबारी,फर्से र लामाखेतमा पहिरो झरेर कालीगण्डकी कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । 

हिजो र अस्ति वर्षा रोकिएर घाम लागेपनि गएराती पर्वतमा ठूलो वर्षा भएको थियो । घाम लाग्दा सडकमा पहिरो रोकिएपनि वर्षा पश्चात् फेरि पहिरो आएको अधिकारीले बताउनुभयो । केही दिन अघिको वर्षाका कारण पहिरो आएर पर्वतका अधिकांश ग्रामीण सडक ठप्प छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button