स्याङ्जामा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो, शुक्रवार ४२८ जना सङ्क्रमणमुक्त
स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस संक्रमित सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको छ । शुक्रवार ४२८ जना निको हुँदा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९७ मा झरेको हो । बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्या ८०९ जना थियो तर शुक्रवार ४२८ जना निको हुँदा सक्रिय संक्रमित घटेका हुन् ।
सक्रिय संक्रमितहरु मध्ये ३६५ जना होम आइसोलेसनमा छन् भने आइसोलेसन सेन्टरमा २३ जना र ९ जना विभिन्न स्वास्थ्य संस्थामा सामान्य अवस्थामा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
जिल्लामा कोरोनाको दोस्रो लहरबाट ३ हजार ३२ जना संक्रमित भएका छन् । कुल संक्रमित मध्ये २ हजार ५४१ जना निको भएका छन् भने ९४ जना सङ्क्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच शुक्रवार जिल्लामा १७ जना संक्रमित पुष्टि भएका छन् । ३ जनाको पिसिआर परिक्षण गर्दा १ जना र ६२ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जना गरी १७ जना संक्रमित पुष्टि भएका हुन् । यहाँका २१ हजार २९९ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् भने ४ हजार १९६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्