तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध सहित ४ जना पक्राउ

सुनसरी । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ ।

आज शुक्रवार ६ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमा हल छेउबाट सोही स्थानका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । 

प्रहरीले उनीहरूलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ ।

त्यसै गरी हिजो बिहीबार राती १०ः३० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका २ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button