सुनको मूल्य घट्दै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्न थालेको छ ।
साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य थप १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घटेर ९० हजार ८०० रुपैयाँमा झरेको हो ।
गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।








प्रतिक्रिया राख्नुहोस्