तपाईँ सुन्दै हुनुहुन्छः

युरोकपमा बेल्जियमको उत्कृष्ट पुनरागमन

काठमाडौं । युरोकप फूटबलमा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको छ ।

कोपनहेगनमा गए राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ ।

बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो । पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरे ।

युसुफ पलसेन युरो कप फुटबलमा दोस्रो सर्वाधिक छिटो समयमा गोल गर्ने खेलाडी बनेका छन्। उनले बेल्जियमविरुद्ध खेल सुरु भएको ९९ सेकेण्डमै गोल गरेका थिए।

यसअघि रुसका दिमित्री किरिचेन्कोले सन् २००४ को युरोकपमा खेल सुरु भएको ६७ सेकेण्डमै गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए ।

उनले ब्रुएनाको पासमा गोल गरे । खेलको ७१ औं मिनेटमा ब्रुएनाले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए । दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनाले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् । चोटका कारण ब्रुएनाले पहिलो खेल गुमाएका थिए । म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएना चेल्सीविरुद्धको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए ।

जितसँगै समूह ुबी’ मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।

यस्तै गएरातिनै भएको अर्को खेलमा नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ । अष्ट्रियालाई २० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button