तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । विश्वका धेरै मुलुकहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको तथ्य बाहिर आइरहँदा विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स जनाएको छ । 

संयुक्त राज्य अमेरिका र बेलायत लगायतका देशहरूमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएता पनि डेल्टा प्रजातिको कोरोना भाइरसका कारण विश्वका धेरै देशहरूमा

मृत्यु हुनेको संख्या अत्यधिक बढेको रोयटर्सले उल्लेख गरेको छ । 

कोरोना संक्रमणबाट  मृत्यु हुनेको संख्या २० लाख नाघ्न एक वर्ष समय अवधि लागे पनि पछिल्लो छ महिनामा मात्र थप २० लाखले कोरोना संक्रमणबाट ज्यान गुमाएको रोयटर्सको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button