तपाईँ सुन्दै हुनुहुन्छः

शारदा नदीको बिचमा फसेका १२ जनाको उद्धार

 सल्यान । जिल्लाको शारदा नगरपालिका ६ मा शारदा नदी बिचको टापुमा फसेका १२ जनाको उद्धार गरिएको छ । शारदा नदीको बिचमा रहेको खेतमा धान रोप्न गएका १२ किसानहरूलाई उद्धार गरिएको हो । 

अविरल वर्षापछि शारदा नदीको बहाव अत्यधिक बढ्दा टापुमा रहेको खेतमा काम गरी रहेका किसानहरू अलपत्र परेका थिए । अलपत्र परेका १२ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको सबुज गण सिमखर्कका गणपति कञ्चन बस्नेतले जानकारी दिनुभयो  । तीन दिनदेखि अविरल वर्षा हुँदा शारदा नदी लगायत अन्य खोलाहरूमा पानीको बहाव अत्यधिक बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button