तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु
पाल्पा । तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।
तीन दिनदेखि पाल्पा तानसेन ८ गौडेपुल स्थित सिद्धार्थ राजमार्ग अविरल वर्षाको कारण पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको थियो । प्रहरी र सडक डिभिजन कार्यालय सँग समन्वयमा सडक एकतर्फी खुलेको पाल्पा प्रहरीले जनाएको छ । बिहीबार दिउँसो देखि सडक सुचारु भएको हो ।
सडक अवरुद्ध भएसँगै राजमार्गमा सयौँ सवारीहरू अलपत्र रहेका थिए ।पानीसँगै परेको पहिरोले गौडेपुल नजिक पहिरोसँगै ५० मिटर जति सडक नै बगाएको थियो ।









प्रतिक्रिया राख्नुहोस्