रोल्पामा दोस्रो चरणको खोप लगाउन छुटेकालाई पुनः लगाइने
रोल्पा । रोल्पामा दोस्रो चरणको कोभिशिल्ड खोप लगाउन छुटेका लाई पुनः लगाइने भएको छ ।
जिल्ला कोभिड–१९ खोप व्यवस्थापन समिति रोल्पाको निर्णयअनुसार पहिलो चरणको खोप लगाएका तर दोस्रो चरणको खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, निजामती, प्राधिकरण, संस्थान, बैक तथा वित्तीय संस्था, स्थानीय तहहरूमा कार्यरत कर्मचारी तथा पत्रकार र एम्बुलेन्स सववाहन चालकलाई यही असार ७ गते खोप लगाइने भएको छ ।
खोप १० वटा स्थानीय तहमा रहेका हेल्थपोष्ट, स्वास्थ्य चौकीमा लगाउने तयारी भएको छ । त्यसै गरी खोप लगाउँदा बचेको खण्डमा ८० वर्षमाथिका दिर्घरोगी ज्येष्ठ नागरिकलाई ज्येष्ठताको आधारमा लगाउने व्यवस्था भएको स्वास्थ्य कार्यालय रोल्पाका निमित्त प्रमुख जित बहादुर डाँगीले बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्