मध्यपहाडी र कालीगण्डकी करिडोर सुचारु
पर्वत । पहिरोले विगत ३ दिनदेखि बन्द भएको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सुचारु भएका छन् । पर्वतको कुश्मा नगरपालिका १ मा पहिरोले बन्द भएको मध्यपहाडी लोकमार्ग र जलजला गाउँपालिकाका ३ ठाउँमा रोकिएको कालीगण्डकी करिडोर पहिरो पन्छाएपछि सुचारु भएका हुन् ।
हिजो साँझ ८ बजेबाट सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । वर्षा कम भएपछि सडक खुलाईएको बताउँदै अधिकारीले जोखिम कायमै रहेको बताउनुभयो ।
वर्षा हुनासाथ पहिरोले सडक पुरिने अवस्था रहेको अधिकारीले जानकारी दिनुभयो । पहिरोले रोकिएका सवारीसाधानहरु गन्तव्यतर्फ लागेका छन् । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर पहिरोले थुनिँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला सडक सन्जाल बाट टुटेका थिए । राष्ट्रिय राजमार्ग संग सम्पर्क जोड्ने दुबै सडक सोमवार राती देखि पहिरोले अबरुद्ध भएका थिए । पर्वतका मुख्य दुबै सडक खुलेपनि ग्रामीण सडकहरु भने अबरुद्ध छन् ।








प्रतिक्रिया राख्नुहोस्