तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितहरूको खोज र उद्धार कार्यमा नेपाली सेना परिचालन

काठमाडौँ । विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाको श्रोत साधन तथा जनशक्ति परिचालिन गरी खोज, उद्धार तथा राहत कार्य शुरु गरिएको छ ।

धादिङ जिल्ला, बेनीघाट रोडाङ गाउँपालिका–१०, तिङराङ खानीस्थित पृथ्वी राजमार्ग सडक खण्डमा लगातार वर्षाको कारण पहिरो गई अवरुद्ध भएकोले नेपाली सेनाको टोलीले उक्त पहिरो हटाई यातायात सुचारु गरेको छ । 

आज सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–११ स्थित मेलम्ची खोलामा आएको बाढीले अम्बथान, क्युल, चनौटे र मेलम्ची बजार इलाकालाई प्रभाव पारेको र उक्त बाढीबाट प्रभावित स्थानीयबासीहरुको उद्धार कार्यमा परिचालित नेपाली सेनाको टोलीले मेलम्चीको बाढीमा फसेका ३ जना व्यक्तिहरूलाई हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै उक्त क्षेत्रमा फसेका तथा विस्थापित अन्य स्थानीयबासीहरुको उद्धार कार्य जारी राखेको छ ।

त्यसै गरी, मनाङ जिल्ला, चामे गाउँपालिका–५ घट्टे खोलामा आएको बाढीले गर्दा नयाँ बजारमा अड्‍कीएर अलपत्र परेका स्थानीयबासीहरुलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य स्थानीयको सहयोगमा सुरक्षित स्थानमा लगिएको छ । साथै, बाढीको कारण चामे बजार इलाका असुरक्षित भएपछि करिब ३०० जना स्थानीय एवं विपद् उद्धारका सामाग्रीहरू जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button