तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान जिल्ला अस्पतालका सम्पूर्ण सेवा दुई पछि सञ्चालन

सल्यान।कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको सल्यान जिल्ला अस्पतालमा सम्पूर्ण सेवा बुधवार (आज) देखि सञ्चालनमा आएको छ ।कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि अस्पतालले सम्पूर्ण सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्र सञ्चालन गर्दै आइरहेको थियो ।

कोरोना भाइरस संक्रमण घटेसँगै आजदेखि अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।संक्रमण दर र जटिल केशहरु कमी आएपछि भोलिदेखि रोग संक्रमण न्यूनीकरणका सम्पूर्ण मापदण्ड पुरा गरेर पहिले झैँ नियमित रुपमा सेवा प्रदान गरिने उहाँले बताउनुभयो । यसअघि कोरोना भाइरस संक्रमित, आकस्मिक बिरामीहरूको मात्र उपचार हुँदै आइरहेको थियो ।

झन्डै दुई महिना पछि सल्यान अस्पतालले सम्पूर्ण सेवाहरू प्रदान गर्न थालेको हो ।सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा अहिले चार जना मात्र उपचारत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button