फिफा वरियतामा नेपाल तीन स्थान माथि
काठमाडौँ । फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औँ स्थानबाट १ सय ६८ औँ स्थानमा पुगेको छ ।
अघिल्लो महिनाको वरियतामा १ सय ७१ औँ स्थानमा रहेको नेपाल जुनमा सार्वजनिक भएको नयाँ वरियतामा नेपाल तीन स्थान सुधार गर्दै एक सय ६८ औँ स्थानमा पुगेको हो ।
इराकसँगको मैत्रीपूर्ण खेलमा हार बेहोरेको नेपालले फिफा विश्वकप छनौटमा चाइनिज ताइपेइसँग तीन शून्यले जितेको थियो । यस्तै जोर्डनसँग तीन शून्यको हार बेहोरेको नेपालले निकै बलियो टिम अस्ट्रेलियासँग पनि तीन शून्यले पराजित भएको थियो ।
टिमले जोर्डन र अस्ट्रेलियासँग हारे पनि उसको प्रशंसा भने भएको थियो । आफु भन्दा माथिका टिमसँगको प्रदर्शनका कारण पनि नेपाली टिमको बरिएता फरक आएको हो ।
सन् २०१९ पछि नेपाली टिमको वरियतामा सुधार आएको हो । सन् २०१८ मा एक सय ६१ औँ स्थानमा रहेको नेपाल त्यसपछि एक सय ७० औँ स्थानमा झरेको थियो । त्यसमा पनि पछिल्लो एक वर्षदेखि एक सय ७१ औँ स्थानमा नै थियो ।








प्रतिक्रिया राख्नुहोस्