गण्डकी प्रदेश सभामा ३० अर्ब ३ करोडको बजेट सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ३० अर्ब ३ करोड ९४ लाख २७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त बजेट मङ्गलवार प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । यो बर्ष भने बजेटको आकार घटेको छ ।
केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ भने सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्