तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालको बन्द बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सुचारु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको बन्द बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सुचारु भएको छ । उच्च कोरोना सङ्क्रमणपछि बन्द गरिएको ओपिडी आजदेखि पुनः सुरु गरिएको हो । 

कोभिड बिरामीको चाप बढेपछि अस्पतालमा ओपिडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा सञ्चालन गरिरहेकोमा सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य कमी आएपछि आजदेखि ओपिडी सेवा सुरु गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताउनुभयो । अहिले एक साता दिउँसो एक बजेसम्म ओपिडी सेवा दिने र त्यसपछि नियमित हुने डा. थापाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button