तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा (पुर्णपाठ)

file photo

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकाभित्र कोरोना सङ्क्रमितको दर घटे पनि जोखिम दर उच्च नै भएकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी  र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने निर्णय भएको छ भने खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
यसअघि खाद्यान्न, फलफूल, तरकारी, दूध तथा माछा मासुको पसलहरूलाई बिहान ११ बजेसम्मको लागि खोल्न अनुमति दिइएको थियो । निर्माण सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने छन् ।
सवारी साधन सञ्चालनमा भने रोक लगाइएको र एक हप्ताको अवस्थालाई हेरेर निषेधाज्ञा के गर्ने भन्ने विषयमा निर्णय गरिने प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
कोरोना संक्रमण बढेपछि रोकथाम तथा नियन्त्रण लागि भन्दै स्थानीय प्रशासन कार्यालयहरूले काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button