तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं ।कपिलवस्तु, कपिलवस्तु नगरपालिका(३ डेरवास्थित सडकमा लु.२७ प ३४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(११ जहदी बस्ने ४२ वर्षीया कलावटी कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर- ताप्ली गाउँपालिका(४ पोखरीस्थित सडकमा बा.१८ च १५६७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा गाडीमा सवार सिन्धुली दुधौली नगरपालिका(१० बस्ने ६० वर्षीय ईन्द्र बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडी चालक सहित ३ जनालाई कटारी अस्पताल हुँदै थप उपचारको लागि नोवेल अस्पताल विराटनगरतर्फ पठाइएको छ । घाइते २ जनाको अवस्था गम्भीर रहेको छ भने १ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

महोत्तरी- औरही नगरपालिका(८ गोरहन्ना जाने पुलमा ज.५ प १७४३ र ज.१२ प ५३१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा ज.१२ प ५३१९ नम्बरको मोटरसाइकल चालक औरही नगरपालिका(८ बस्ने ४२ वर्षीय मनोहर यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ज.५ प १७४३ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही- कौडेना गाउँपालिका(१ लक्ष्मीपुरस्थित सडकमा ना.५४ प २४०४ नम्बरको मोटरसाइकलबाट लडेर गोडैता(८ बस्ने ६० वर्षीया जिरा देबी ठाकुरको मृत्यु भएको छ । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको स्थानिय मेडिकल गोडैतामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button