गाई काटेको अभियोगमा पक्राउ
भोजपुर ।भोजपुर नगरपालिका(४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई काटेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पूर्णको गुवाली घरमा गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई करिब १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टा सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्