गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश सभामा बहुमत दाबी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मुख्यमन्त्री पोखरेलले एक महिनाभित्र प्रदेश सभा बाट विश्वासको मत लिनुपर्छ ।
मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङको पनि दाबी रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्