तपाईँ सुन्दै हुनुहुन्छः

ज्यान जोखिममा परेका वृद्धलाई सेनाले रगत दिएर जोगाए

जनकपुरधाम । धनुषामा पुनः रगतको अभावले छटपटिएका एक जना वृद्धलाई नेपाली सेनाका जवानले रगत दिएर जीवन रक्षा गर्नुभएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नंं ४ सुगामधुकरही घर भएका वर्ष ६५ का नथुनी यादवको शरीरमा रगतको अभाव भएर ज्यान जोखिममा रहेको थाहा पाएर नेपाली सेनाको महेन्द्रनगरमा रहेको श्रीनाथ गणमा कार्यरत रहेका सैनिक जवान सन्दीप अधिकारीले रगत दिएर ज्यान जोगाउनुभएको हो ।
आकस्मिक रुपमा रगत पाएर परिवारका अभिभावकको ज्यान जोगाउन पाएकोमा यादव परिवार निक्कै खुसी भएका छन् । सेनाको मानवीय सेवाको उच्च प्रशंसा गर्दै रगत दिने सैनिक जवान प्रति धन्यवाद दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button