तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर दम्पतीको मृत्यु  

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
उदयपुर जिल्लाको रौता गाउँपालिका घर भई हाल इटहरी २० तरहरामा कोठा भाडामा बस्दै आउनुभएका २५ वर्षीय हेमशर राई र उहाँकी श्रीमती २२ वर्षीय शर्मिला राईको इटहरी २० मा पर्ने खार्साला खोलामा करेन्ट लागेर मृत्यु भएको हो ।
उनीहरू फनिर्चर उद्योगमा काम गर्दै आएको बताइएको छ । रातको समयमा माछा मार्ने विद्युतीय धराप लिएर नजिकैको खोलामा गएका बेला करेन्ट लागेर दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button