पर्साका किसान हास पालनतर्फ आकर्षित
हास पालन गर्दा कम समय र कम खर्चमा बढी आम्दानी हुने गरेको कृषक रञ्जन यादवले बताउनुभयो ।
विन्दवासिनी गाउँपालिका २ गर्दौलका कृषक रञ्जन यादवले उच्च शिक्षा अध्ययन गरी जागिरको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा निजामती कर्मचारीका लागि लोकसेवा आयोगमा पटक –पटक प्रयास गरे पनि असफल भएपछि हरेस नखाई हास तथा माछा व्यवसाय शुरु गरेको बताउनुभयो ।
हास पालन गर्दा ४ महिनामा अण्डा दिने र अण्डा प्रतिक्रेट ६ सयमा बिक्री हुने गरेको कृषक यादवले बताउनुभयो । हास पालन गर्दा बजारको समस्या नरहेको यादवको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्