तपाईँ सुन्दै हुनुहुन्छः

थप ६ हजार २ सय ९५ जना कोरोना सङ्क्रमणमुक्त

File Photo

काठमाडौँ । नेपालमा आज थप ६ हजार २ सय ९५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो सँगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ५ लाख २७ हजार १ सय ११ पुगेको भने निको हुने दर ८६ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ३ हजार ३ सय ८४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । आज ८ हजार ५ सय ६ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना तथा ५ हजार ९ सय ८८ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै आज थप ६१ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको कूल सङ्ख्या ८ हजार ३ सय ६६ पुगेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरमा गरी जम्मा ७१ हजार ३ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button